२०७८ बैशाख ३१ गते शुक्रवार

बढ्यो सुनको मूल्य

काठमाडौं, बैशाख २। नेपाली बजारमा आज (विहिबार) सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ८९ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० मा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाले बढेर तोलामा १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *