२०८२ असार ३१ गते बुधवार

सुनको मूल्य तोलामै १६ सयले बढ्यो

काठमाडौं,मंसिर १८ । सुनको भाउ तोलामै १६ सय रुपैयाँले बढेको छ ।

बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ बिहीबारका लागि ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *