
प्रत्येक वडालाई १ करोड बजेट
तुलसीपुर, असार ८ ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०८३/०८४ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
तुलसीपुर – १२ स्थित मेट्रो कलेजको सभाहलमा उपमेयर श्यानी चौधरीले २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी बाट आफ्ना कार्यालय भवनमा ठूलो क्षति पुगेका कारण उपमहानगरले कलेजको सभाहल प्रयोग गरेको हो ।
प्रस्तुत बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट ५४ करोड, मालपोत रजिष्ट्रेसन बाट २४ करोड, दहत्तर बहत्तर बिक्र्री बाट ४ करोड, , बिज्ञापन कर १५ लाख, संघीय समानिकरण अनुदान २८ करोड ७७ लाख, संघीय सशर्त अनुदान ६७ करोड २३ लाख, संघीय समपुरक अनुदान ६० लाख, संघीय बिषेश अनुदान ८८ लाख, संघीय राजश्व बाँडफाँड २४ करोड ९ लाख ५७ हजार उल्लेख छ ।
त्यस्तै प्रदेश समानिकरण अनुदान १ करोड ९८ लाख ९८ हजार, प्रदेश सशर्त अनुदान २ करोड २ लाख ५० हजार, , प्रदेश समपुरक अनुदान १ करोड ५० लाख, प्रदेश बिषेश अनुदान २० लाख, प्रदेश राजश्व बाँडफाँड २ करोड ४१ लख ८६ हजार, सडक बोर्डबाट १ करोड, नगर बिकास कोषबाट २ करोड १० लाख , गत बर्षको बैंक मौज्याद अल्या ३० करोड गरि अनुमानित आय २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार बराबरको बजेट प्र्रस्तुत गरिएको छ ।
प्रस्तुत कार्यक्रममा कुनैपनि नयाँ र ठूला आयोजना समावेश गरिएका छैनन् ।


केही नयाँ आयोजना यसप्रकार छन् –
यसअघि कटौती गरिएको स्मार्ट कार्यक्रमका लागि ५० लाख रुपैंयाँ बिनियोजन गरिएको छ । यो कार्यक्रम पूर्व मेयर घनश्याम पाण्डेको पालामा आएको थियो । तर, यो कार्यक्रम टीकाराम खड्का निर्वाचित भएपछि रोकिएको थियो ।
तुलसीपुर – १६ स्थित औद्योगिक ग्रामका लागि १ करोड बजेट बिनियोजित गरिएको छ । कतिपयले ब्यापारीले त्यो ग्वार खोलाको किनारमा औद्योगिक ग्राम निर्माण गर्न संभव नभएको भन्दै नगरले गरेको आग्रहमा हालसम्म कुनै चासो देखाएका छै्रनन् ।
त्यस्तै आधारभूत तहसम्मको विद्यालयको न्यूनतम विद्युत महशुल तथा न्यूनतम खानेपानी महशुल र अधिकतम ५ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महशुलका लागि अनुदानमा २० लाख रुपैंयाँ बिनियोजन गरिएको छ ।
गरिब तथा बिपन्न बर्गका बिद्यार्थीको छात्र बृद्धिका लागि १ करोड बिनियोजन गरिएको छ ।
त्यस्तै कृषी एम्बुलेन्सका लागि ६० लाख बिनियोजन गरिएको छ । बिद्यालय करेसाबारीका लागि २५ लाख, बित्तचित्र प्रगति समिक्षा प्रकासनका लागि १० लाख, आधुनिक शबदाहा / समाधिस्थल निर्माणका लागि १ करोड, अरनिको मैदान स्तरउन्नतिका लागि १ करोड, निजी क्षेत्रको साझेदारीमा नगरबस संचाल तथा ब्यबसथापनका लागि पनि १ करोड बिनियोजन गरिएको छ ।
बजार क्षेत्रको खुला बिद्युत तारहरु भूमिगत गर्नका लागि ५० लाख, कोल्डस्टोर निर्माण सम्भाब्यता अध्यनका लागि ५० लाख, चौतारी संरक्षण कार्यक्रमका लागि २० लाख, हल गोरु र राँगा पाल्ने किसानलाई ५ हजारका दरले अनुदान उपलब्ध गराउन १० लाख, स्वास्थ्य चौकीमा गर्भजाँच गराउन आउँदा प्रत्येक पटक एक क्यारेट अण्डा वितरणका लागि ८५ लाख बिनियोजन गरिएको छ।

आधुनिक दमकल खरिद गर्नका लागि १ करोड, फोहर मैला ब्यबस्थापनका लागि आधुनिक कम्प्याक्टर ब्यबस्थापनका लागि १ करोड, तुलसीपुर मेट्रोकलेजका लागि विद्युतिय भ्यान खरिद गर्न ५० लाख, तुलसीपुरमा मानव सेवा आश्रम भवन निर्माणका लागि ५० लाख बजेट बिनियोजन गरिएको छ ।
गर्भबति महिलाका लागि क्याल्सियम खरिद गर्न २० लाख, शून्य होम डेलिभरीका लागि निशुल्क एम्बुलेन्स सेवाका लागि १५ लाख बजेट बिनियोजन गरिएको छ ।
घरबार बिहिन र अलपत्र परेका महिलाको आवास गृह संचालन तथा ब्यबस्थापनका लािग ९ लाख, जेष्ठ नागरिकको सम्मान स्वरुप मेयर कोशेली कार्यक्रम र जेष्ठ नागरिक दिवासेवा केन्द्र संचालनका लागि ५ लाख बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै कृषी तर्फ घरबारी बगैचा कार्यक्रमका लागि ८ लाख, प्राङगारिक कृषी पर्बद्धन कार्यक्रमका लागि २० लाख, साना कृषी यन्त्र उपकरण सहयोग कार्यक्रमका लागि २५ लाख, ५० प्रतिसत अनुदानमा प्लाष्टिक टनेल, प्लाष्टिक मल्चिङका लागि २० लाख, गडौंला मल उत्पादन पबद्र्धन कार्यक्रमका लागि १० लाख, करार खेती कार्यक्रम तर्फ लक्षित समुहका लागि ७ लाख बिनियोजन गरिएको छ ।
त्यस्तै सुत्केरी पशुको पोषण सुधार गर्न पोषण किट कार्यक्रम अन्तर्गत ३० लाख, निशुल्क रेबिज बिरुद्धको खोपका लागि १० लाख, किसानलाई ५० प्रतिसत अनुदानमा बर्सिम तथा जै घाँस बितरण कार्यक्रमका लागि ४ लाख, ब्यबसायिक किसानलाई लागत साझेदारीमा यान्त्रिक उपकरण बितरण कार्यक्रम संचालनका लागि ५ लाख बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै परम्परागत लोकबाजा संरक्षण तथा संबद्र्धनका लागि १० लाख र बोर भए २० मिनेट मिनी भिडियो निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरेको उपमेयर श्यानी चौधरीले बताइन ।
त्यस्तै २०७४ साल भन्दा अगाडि नियुक्त भएका अस्थायी तथा करार कर्मचारीलाई निश्चित मापदण्ड बनाइ स्वच्छिक अवकास योजना कार्यान्वयन गर्न आवश्यक बजेट बिनियोजन गरिएको चौधरीे बताइन ।
अहिलेका स्थानीय तमहका कार्यकाल सकिन झन्डै ९ महिना बाँकी छ । आउने बैशाखमा नयाँ निर्वाचन हुने छ । गत बर्ष तुलसीपुरका हरेक वडालाई जनही ७५ लाखका दरले बजेट बितरण गरिएको थियो । यो बर्ष चुनाबी बर्ष भएको हुँदा त्यो आकार बढाएर प्रत्येक वडालाई जनही १ करोडका दरले बजेट बिनियोजन गरिएको छ ।
यी बोहक उल्ेलखनिय र नयाँ कुरा प्रस्तुत बजेटमा छैनन् ।
