
तुलसीपुर, असार ८ ।
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत दशौँ बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३ / ०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३ /०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव सभामा पेश गर्नेछन । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनेछन ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले‘ आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
