दाङ, जेठ ३१ ।
प्रहरी हिरासतमा अचेत भएका एक २१ बर्षीय युवकको मृत्यु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १० निवासी २१ वर्षीय साबीर बक्सको उपचारका क्रममा मृत्यु भएको हो ।
सुर्खेतका प्रबक्ता डिएसपी कविन्द्रसिंह बोहराका अनुसार शनिबार बिहानै उनी हिरासतमा एकाएक बेहोस भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मृत्युको कारण खुल्न सकेको छैन । पोष्ट मार्टम रिपोर्ट आइ सकेको छैन । प्रहरीका अनुसार उनी मोवाइल चोरी गरेको अभियोगमा बक्स जेठ २७ गते पक्राउ परेका थिए ।
प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
