दाङ, जेठ ११ ।
कैलालीमा भएको ट्रयाक्टर दुर्घटनामा परि एक जना ९ बर्षीया बालिकाको मृत्यु भएको छ ।
दुर्घटनामा परि जिल्लाको मोहन्याल गाउँपालिका –६ की ९ बर्षीया जयसरा सिजापतीको घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार बेलुकी सोल्टामा भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकको बाँया साइडबाट अन्दाजी १५ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ जाँदै गरेकी बालिकाको ज्यान गएको हो ।
त्यो दुर्घटनामा परि स्थानीय ७ बर्षीया माइरा विक घाइते भएकी छन् ।
टाउकोमा चोट खेपेकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । घटना पछि सुर्खेतको बिरेन्द्र नगरपालिका छिन्चुुका चालक सशिप वली फरार छन् । उनको खोजी भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
