दाङ, जेठ ८ ।
टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका सात जना प्रहरी जवान बेहोस भएका छन ।
उनीहरु सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालय टीकापुरमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिममा दौडिने क्रममा शुक्रबार बिहान बेहोस भएका हुन । बेहोस भएकामध्ये ६ जनालाई थप उपचारका लागि टीकापुर अस्पतालले काठमाडौ रिफर गरेको छ ।
उनीहरुलाई हेलिकोप्टर बाट काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
