२०८३ जेष्ठ ६ गते बुधवार

पाछावाङ खोलामा सकेट बम फेला


दाङ, जेठ ५ ।
रोल्पाको पाछाबाङ खोलामा सकेट बम फेला परेको छ ।
जिल्लाको परिवार्तन गाँउपालिका – ३ बागमारास्थित पाछावाङ खोलामा जेसिबीले खन्ने क्रममा सकेट बम फेला परेको हो ।
जाली बाध्न खन्ने क्रममा फलामको सकेट बम जस्तो देखिने दुई वटा तार निस्केको संकाष्पद बस्तु फेला परेपछि काम रोकिएको हो ।
फेला परेको सकेट बम डिस्पोजका लागि लिवाङबाट नेपाली सेनाका मेजरको नेतृत्वमा टोली घटनास्थल तर्फ पुग्दै छ ।
जिल्लाका निमित्त प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसारद्धन्द कालमा त्यो सकेट बम छोडेको आशंका गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *