२०८३ जेष्ठ ४ गते सोमवार

राति मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु


दाङ, जेठ ४ ।
गुल्मीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापा र पछाडि सवार ४५ वर्षीय गिरमानसिंह रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी गंगाबहादुर सारुले बताए । दुबै जनालाई प्राथमिक स्वास्थय केन्द्र रिडी पुर्‍याएको केही बेरमै चिकित्कसले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार सोमबार बिहान दुबै जनाको शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

गए राति करिब १० बजे रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट झन्डै ३ मिटर तल खसेको थियो । मोटरसाइकल सत्यवती गाउँपालिका –१ ठुलाबगर स्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा दुर्घटनामा परेको थियो ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *