२०८३ बैशाख १० गते बिहिवार

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन मध्य रातिदेखि अन्त्य हुने


दाङ, बैशाख १० ।

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले वैशाख १० गते बिहीवार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए ।
प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यको आग्रहमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।
हिउँदे अधिवेसनमा १६ वटा बैठक बसेका थिए । बिहीवार विहान साढे ११ बजे बसेको १६ औं बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेसन अन्त्य सम्वन्धि पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सभामा सुनाएका थिए ।
१६ औं बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यलेको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उक्त विधेयक माथि छलफल र पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरेका थिए ।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकालले दिएका थिए ।
त्यस्तै सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले ‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभामा पेश गरे । बैठकमा प्रदेश सभा सदस्यहरु बसन्ती न्यौपाने, अम्बिका काफ्ले, यमनाु रोका तामाङ, भण्डारीलाल अहिर, शान्ति लोध, भगवती अधिकारी समसामायिक बिषयमा सुन्य समयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *