२०८३ बैशाख ९ गते बुधवार

२६ दिनमै सुधन गुरुङले गृहमन्त्रीबाट दिए राजिनामा


दाङ, बैशाख ९ ।
गृहमन्त्री सुधन गुरूङले महिना दिन नपुग्दै बुधबार पदबाट राजीनामा दिएका छन् । उनी चैत १३ गते गृहमन्त्री भएका थिए । २६ दिनमै उनको पद गुमेको छ ।
सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसंगको व्यवासायिक साझेदारी सम्बन्धि विवादका कारण गुरूङले पदबाट राजीनामा दिएका हुन ।
यो संगै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारका दुई जना मन्त्री महिना नपुग्दै पद छोड्न बाध्य भएका छन् ।
यसअघि श्रममन्त्री दीपककुमार साहले मन्त्री भएको १३ दिनमै पदबाट राजीनामा दिनु परेको थियो । साहले पदीय जिम्मेवारी दुरूपयोग गर्दै स्वास्थ्य बीमा बोर्डमा श्रीमतीको जागिरलाई निरन्तरता दिलाउन भूमिका खेलेको बिबाद पछि उनलाई चैत २६ गते मन्त्रीबाट हटाइएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *