२०८३ साउन १० गते आइतवार

ओली र लेखकलाई ५ दिन तथा खड्कालाई ७ दिन थुनामा राख्न अनमुति

दाङ, चैत १५ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति प्रदान गरेको छ ।

आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले नेकपा एमालेका अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता समेत रहेका लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरिएको छ ।
भदौ २३ गतेको घटना अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
पूर्व प्रधानमन्त्री ओली अस्पतालमा उपचाररत रहेको हुँदा आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश दिइएको छ ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वमा शुक्रबार नयाँ सरकार बने लगतै शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरिएको थियो । जस्लाई कतिपयले प्रतिसोधको संज्ञा दिदै आएका छन् ।
यसैबीच पूर्व प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य र पूर्व गृहमन्त्री लेखककी श्रीमती यशोदा लेखकले पक्राउ बारे सर्बौच्चमा रिट दिएका छन् । रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ।

पूर्व मन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

पूर्व ऊर्जामन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति अदालतले प्रदान गरेको छ ।
सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको थियो ।
भदौ २४ गते बुढानिलकण्ठस्थित उनको घरमा आगजनी भएको थियो । त्यसक्रममा उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *