२०८३ असार २ गते मङ्गलवार

लुम्बिनी प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै


तुलसीपुर, माघ १३ । लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ ।

बैठकका मुख्य चार सम्भावित कार्यसूची छन् ।
बैठकमा प्रदेश सभा सदस्यको स्थान रिक्त सम्बन्धी जानकारी सभामुख तुलराम घर्ती मगरले सभालाई गराउने कार्यसूची एक नम्बरमा राखिएको छ ।

यो बीचमा फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिनु पूर्व चार जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।


२०७९ को निर्वाचनमा तत्कालिन नेकपा (माओबादी केन्द्र) बाट दाङको निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की र बाँके १ (१) बाट निर्वाचित कृष्णा केसी, साबिकत नागरिक उन्मुक्ति पार्टीको तर्फ बाट बर्दियाको १ (१) बाट निर्वाचित धर्मबहादुर चौधरी र रुपन्देहीको ४ (१) मा लोकतान्त्रिक समाजवादीबाट निर्वाचित कन्हैया बानियाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ ।

त्यस्तै मंगलबारको बैठकको दोस्रो नम्बर बुँदामा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूचीपनि राखिएको. छ । तेस्रो नम्बरमा ‘जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेश हुने सूचि छ ।


चौथो नम्बरमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरलेको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्न कार्यतालिका छ ।

मुख्यमन्त्री अचार्यले सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचीपनि छ ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *