दाङ, माघ ६ । नेपाली कांग्रेसले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुँगाएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनका क्षेत्र नम्बर १ मा जिल्ला सभापति नारायणप्रसाद गौडेल, क्षेत्र नम्बर २ मा जिल्ला सचिव सुधान्सु कोइराला र क्षेत्र नम्बर ३ मा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाइएको छ ।
जिल्ला सभापति गौडेलले २०७४ सालमा प्रदेश सभा १ (२) मा पराजित भएका थिए । तत्कालिन बामगठबन्धनका उम्मेदवार आरती पौडेलले गौडेललाई पराजित गरेका थिए ।
जिल्ला सचिव सुधाम्सु पुर्ब पार्टी सभापति एवम पुर्ब प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाका भााइका छोरा हुन । सुधाम्सुका बुवा स्वर्गिय डा. अरुण कोइराला र आमा किरण कोइराला कांग्रेस बाँकेका पुर्ब सभापति हुन । सुधान्सु पहिलो पटक चुनाव लड्न लागेका नेता हुन ।
लुम्बिनी प्रदेश सभापति पुन रोल्पा निवासी हुन । बाँके –३ मा अघिल्लो चुनावमा पार्टीका निर्बतमान सहमहामन्त्री किशोरसिंंह राठौर निर्वाचित भएका थिए ।
यो पटक रोठोरले बाँके ३ मा चुनाब लड्ने इच्छा नगरेको हुँदा त्यहाँ प्रदेश सभापति पुनलाई पठाइएको हो । राठोरले आफ्नो गृह जिल्ला बर्दिया – २ बाटै चुनाव लड्ने चाहाना राखेका छन् ।
त्यस्तै नेकपा (एमाले)ले बाँकेको क्षेत्र नम्बर ३ मा अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेको थियो ।
एमालेले पूर्वराज्य मन्त्री एवं संविधानसभा सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाएको भएपनि अन्तिमा युवा सुमन मल्ललाई टिकट दिएको थियो । मल्ल गत स्थानीय चुनामा खुजुरा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए ।
बाँके क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट दीपक जिएम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खगेन्द्र सुनार उम्मेदवार छन् ।
एमालेले क्षेत्र नम्बर १ मा बिघठित प्रतिनिधि सभा सदस्य सुर्य ढकाललाई पुनःउम्मेदवार बनाएको छ। क्षेत्र नम्बर २ मा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई टिकट दिएको छ। उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय महासचिव हुन ।
रास्वपाले क्षेत्र नं. १ मा सुरेश थारु र क्षेत्र नं. २ मा बिवेक श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।