तुलसीपुर, मसिर ३ । लुम्बिनी प्रदेशका पूर्व अर्थ मन्त्री धनबहादुर मास्कीले जेन्जी आन्दोलन पछि राजनीतिलाई नराम्रो भन्दै सोही भास्य स्थापित गर्ने खोजिएपनि त्यो गलत भएको बताएका छन् ।
सोमबार तुलसीपुरस्थित ज्ञानज्योति कलेजको आयोजना र द नेशनल युथ वेयलफेयर नेपालको प्राबिधिक सहयोगमा आयोजित दोस्रो नमुना युवा सांसद कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेपाली कम्यूनिष्ट पार्टीका नेता समेत रहेका मास्कीले गलत कुराहरु चिर्न राजनीतिमा पढे लेखेका युवाहरु आउन जरुरी रहेको बताए ।
कुनैपनि राजनीतिक दलहरु परिवर्तन र अग्रगमनका लागि स्थापित हुने हुँदा आँफैमा खराब नहुने तर केही ब्यक्तिका कमिकमजोरीका कारण आलोचना खेप्नु परि रहेको बताए ।
राज्य कानुनबाट निर्देशित हुने भएपनि राज्यका तीनै अंगहरु न्यायापालिका, कार्यपालिका र ब्यबस्थापिक सबैको भूमिका लोकतन्त्रमा महत्वपूर्ण हुने उनले बताए ।
कलेजका कानुन पर्ने बिद्यार्थीले आयोजना गरेको दोस्रो नमुना युवा सांसद कार्यक्रममा बिद्यार्थीले निर्वाह गरेको भूमिका आँफु निर्वाचित भइ प्रदेशसभामा पुगेपछि सोही भूमिकामा आँफुले पनि निर्वाह गरेको पूर्व मन्त्री मास्कीले बताए ।
विद्यालयका प्राध्यापक मनोज केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत, द नेशनल युथ वेयलफेयर नेपालका संयोजक दुरविन वली लगाएतले युवा सांसदले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
युवा सांसदको सभामुखको भूमिका विद्यार्थी इरेन्द्र केसीले निर्वाह गरेका थिए भने सहजीकरण पारस वलीले गरेका थिए ।
दोस्रो नमुना युवा सांसद कार्यक्रममा उत्कृष्ट नेतृत्व कर्ताका रुपमा दीपा केसी प्रथम, सन्देश घर्ती दृतिय र अंकित वली तृतिय घोषित भए । त्यस्तै उत्कृष्ट बहस कर्तामा पुष्कर कथायत प्रथम, दिवस बिक दृतिय र हरिष्मा राज्मा तृतिय घोषित भए ।
त्यस्तै दोस्रो नमुना युवा सांसदको उत्कृष्ट अनुसन्धानकर्तामा प्रमोद केसी प्रथम, प्रगती बुढाथोकी दृतिय र पुष्पा वली तृतिय घोषित भएका थिए ।