२०८३ असार १४ गते आइतवार

खुकुरी प्रहारवाट घाइते रामबहादुर वलीको मृत्यु

दाङ,असार २९ । खुकुरी प्रहारबाट गम्भीर घाईते एक युवाको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचेली निवासी २२ बर्षीय रामबहादुर वलीको भारतको लखनउ तर्फ उपचारका लागि लैजान क्रममा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि वलीलाई थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो । त्यहाँपनि उपचार संभव नभएपछि लखनउ लैजाने क्रममा शनिवार राति बाटो मै वलीको मृत्यु भएको एसपी पाण्डेले बताए ।

शनिवार दिउसो करिव साढे २ बजेतिर ४÷५ जना युवाहरुको एक समूहले तुलसीपुर–सितलपुर सडक खण्ड अन्तरगत तुलसीपुर ११ जसपुरमा खुकुरी प्रहार गरि वलीलाई सक्त घाइते तुल्याएका थिए । मृतक वलीको दुबै हात खुट्टा तथा लगाएतका शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

दुई जना पक्राउ
वलीमाथि खुकुरी प्रहार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिएका छन् । यद्यपी उनले नाम भने खुलाउन मानेनन् । उनीहरुलाई तुलसीपुर ११ मोतिपुरको नर्सरी क्षेत्रवाट नियन्त्रणमा लिइएको पनि एसपी पाण्डेले बताए । प्रहरीले घटनामा संलग्न अरु केही युवाहरु फरार रहेको बताएपनि उनीहरुको पनि नाम सार्वजनिक गरेको छैन । घटना हुँदा प्रयोग गरिएका भनिएका ३ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

घटनावारे अनुसन्धान भइरहेको बताएको प्रहरीले पुरानो रिसिवीका कारण वलीमाथि खुकुरी प्रहार भएको हुन सक्ने शंका व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *