
काठमाडौं, असार २५ । नायिका शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । नायिका पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।
उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपट भएको थियो । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।
लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।
प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार
