
अमरराज आचार्य,
दाङ,असार २३ । घोराही ग्रिल तथा स्टिल व्यवसायी संघले करेन्टबाट घाइते भएका हेमराज विष्टलाई आर्थिक सहयोग गरेको छ । संघले सोमवार ५१ हजार ५५ रुपंैया सहयोग प्रदान गरेको छ । घाइते विष्टको उपचारमा सहयोग मिलोस भनेर सहयोग गरिएको ग्रिल उद्योगका सञ्चालक रविन केसीले बताए । व्यवसायी बाट संकलन गरेको रकम विष्टका आफन्तलाई प्रदान गरिएको छ ।
बिष्टलाई केही दिन अगाडि मात्रै घोराहीमा गेट निर्माण गर्दै गर्दा करेन्ट लागेको थियो । हाल उनको काठमान्डौंमा उपचार भइरहेको छ । सहयोग हस्तान्त्रण कार्यक्रम संघका अध्यक्ष भरत सुनारको अध्यक्षता र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार