२०८३ असार १० गते बुधवार

राजपुरका पाँच वटा विद्यालयमा शून्य नतिजा

दाङ,चैत २६ । राजपुर गाउँपालिका स्तरीय आधारभूत तह २०८१ मा लिइएको कक्षा ८ को परिक्षामा एक संस्थागत सहित पाँच वटा विद्यालयको नतिजा शून्य रहेको छ ।

माध्यामिक विद्यालय सिक्टा, गौरी शंकर माध्यामिक विद्यालय भैंसाही नाका, युगवोध आधारभूत विद्यालय सुनपथरी नाका, वालकल्याण माध्यामिक विद्यालय खङग्रा नाका र फेमली प्याराडाइज बोर्डिङ स्कुल बेलाले शून्य नतिजा ल्याएका हुन् ।

शिवशक्ती माध्यामिक विद्यालय भौवानाकाबाट १५ जना विद्यार्थीलाई परिक्षामा सहभागी गराएर दुई जना विद्यार्थी उतिर्ण, ज्योती आधारभूत विद्यालय गुरुङ खोलाबाट २९ जना विद्यार्थी सहभागी भएका थिए ति मध्य तीन जना मात्र उतिर्ण भएका छन ।

जनज्योति माध्यमिक विद्यालय मटेरियामा १६५ मध्ये ९ जना मात्र विद्यार्थी उतिर्ण भएका छन ।

संस्थागत र सामुदायिक गरि ११ वटा विद्यालयबाट २०८१ मा ६ सय ४० जना बालबालिका कक्षा ८ को परिक्षामा सहभागी भएका थिए ति मध्ये जम्मा २६ जना बालबालिका उतिर्ण भएका छन ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *