दाङ, कात्तिक ११ ।सुन प्रतितोला एक लाख ६७ हजार चार सय रुपैंयाँ पुगेको छ । आइतबार सुनको मूल्यल हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य पछिल्लो समय दिनुहुँ जस्तो बढ्दै गएको छ । कात्तिक ७ गते सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा आइतबार सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भइ रहेको छ । शुक्रबार एक लाख ६६ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो । आइतबार शुक्रबारको मूल्य भन्दा प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
