तुलसीपुर, कात्तिक ६ । दलित महिला जनप्रतिनिधिहरुले अधिकार माग्दा भिक मागे जस्तै ब्यबहार अध्यक्षहरुले गर्ने गरेको गुनासो गरेका छन् ।
तुलसीपुरस्थित होटेल वष्टर्न पार्टी प्यालेसमा सोमबार आयोजित दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिकाकी कार्यपालिका सदस्य तथा सुशासन शाखा प्रमुख सितारा नेपालीले गाउँपालिकाले ल्याएको ४८ करोड बजेट मध्य हरेक वडालाई ५० लाख छुट्याएको तर दलित महिलाको सशक्तिकरणका लागि पाँच लाख छुट्याउन भन्दापनि भिक मागे जस्तै ब्यबहार गरिएको गुनासो गरेकी हुन ।
उनले पाँच लाख माग्दापनि तीन लाख मात्रै छुट्याइएको र त्यो पनि दलितका लागि मात्रै नभएर समग्र महिला सशक्तिकरणका लागि भएको बताइन ।
उनले मनोनित भनेर आँफुमाथि कतिपय वडाध्यक्षहरुले तपाँइ निर्वाचित हो र ? किन बराबर हक खोज्नु हुन्छ भन्ने कुरा गरेको अनुभव बाँडिन । गाउँपालिका सुशासन समितिकी संयोजकसमेत रहेकी नेपालीले दलित निर्णय गर्ने ठाउँमा छैन भने गुञ्जायस नरहेको भन्दै अब कार्यकारीनी पदका लागि तयारी गर्न जरुरी रहेको औंल्याइन ।
तुलसीपुर उपमहानगरपालिका– १० की वडा सदस्य सरु सुनारले पद मात्रै फरक हो जनप्रतिनिधि सबै एकै हौं भन्ने गरिएपनि बजेट दिने बेला ब्यबहारतह धेरै नै भिन्नता महसुश गरेको बताइन ।
वडाध्यक्षवाट भेदभावको ब्यबहार नभएपनि समाजमा जाँदा अहिले पनि कतिपयले मान्छे राम्रो भएपनि जातले समस्या परेको कुरा गर्ने गरेको अनुभूति सुनाइन । एक ठाउँमा मानो मिसाउन गएको ठाउँमा आँफुले चियासको भाँडो छोएपछि ननु छोडेका एक जना उनका आफन्तले चियासम्म नखाएको बताइन ।
तुलसीपुर – ८ की वडा सदस्य मिना सार्कीले अध्यक्ष हाबी बन्ने गरेको हुँदा बिकास निर्माणको काममा केही नसकेको बताइन । बजेट वितरणमा भेदभाव रहेको उनले गुनासो गरिन ।
तुलसीपुर – ९ की वडा सदस्य दिलकुमारी परियारले बजेट निर्माणका क्रममा दलित महिला सदस्यलाई वडाध्यक्षले नसमेटने गरेको तथा सीमान्तकृत समुदायको लागि भनेर छुट्याइने बजेट समग्रह महिला सशक्तिकरणका लागि छुट्याउने गरिएको गुनासो गरिन ।
शान्तिनगर गाउँपालिका – ३ की वडा सदस्य भिमा नेपाली र शान्तिनगर – ४की उमा बिक लगाएतले निर्वाचित भएको पहिलो बर्ष अन्यौंलकै बीचमा बितेको, छुट्याएको बजेटसमेत काम नगर्दा फिर्ता गएको भएपनि पछिल्लो समय आफ्ना हक अधिकारका बारेमा धेरै कुरा बुझेको बताएका थिए ।
कार्यक्रममा दलित महिला अधिकारकर्मी युवा कराराले कार्यक्रमको उदेश्य माथि प्रकास पारेकी थिइन ।
कार्यक्रम दलित महिला संघले आयोजना गरेको थियो ।
