२०८३ मङ्सिर ११ गते बिहिवार

किचन डायरी : पाउमा भाउ, महंगो भो भान्छा


तुलसीपुर, असोज २० । सुक्रवार साझ पख । तरकारी किन्न तुलसीपुर पुगेको थिएं । खासमा मलाइ टमाटर चाहिएको थियो, सहज भाउमा पाए अरु तरकारी पनि किनौंला ।

सधै झैं मैले त्यहि तुलसीपुरको घोराही चोक आसपासमा तरकारी किन्थें । उहि भारतीय मुलका ठेला व्यापारीको पशलमा ।

गाउंमा टमाटरको भाउ एक सय रुपैया प्रतिकिलो भनेपछि तरकारी लिन तुलसीपुरको त्यहि पशलमा पुगें । टमाटरको भाउ कति हो भैया?, उसले भन्यो ४० रुप्पे पाउ दाइ । किलोको नी? उसले भन्यो १ सय ४० रुप्पे हो ।

हो मैले त्यहि ठेलामा चार महिना अघि सयको चार किलो टमाटर किनेको थिएं । भैगो वरु अम्चुर हालेर खाउला, अमिलैकालागी त हो, टमाटर । विद्युत कार्यालयको पर्खाल वाहिरको सडक पेटीमा साझ विहान ताजा ताजा र नयां नयां तरकारीको व्यापार हुन्छ ।

मेरा आँखा टक्क घ्यु करेलीमा रोकिए । कसैले यसलाइ वरेला पनि भन्छन् । पहाडतीर मिठि करेला । कति हो वैनि घ्यु करेलाको भाउ? उसले पनि पाउमै उत्तर दिइ । एक पाउको चालिस रुपैया हो दाइ, लैजानुस् भर्खरै सल्यानबाट ल्याएको हो ।

फेरी अर्को पशलमा श्राद्धे सिमिमा मेरा आंखा रोकिए, मन पनि लोभियो । किनकि यो सिमिको झोल पनि रसिलो हुन्छ, मैले सोधे, कति हो दाइ यो सिमिको भाउ? पशलेले भन्यो, ५० रुप्पे पाउ हो, तपाइलाइ चालिसमा दिउला ।

यसको अर्थ अचेल तरकारी व्यापारीहरुले तरकारीको भाउ किलोमा वोल्दैनन् । किनकि किलोको भाउ बोल्दा ग्राहक झस्कीन्छन् भनेर पाउमा भाउ वोलिदिन्छन् ।

म जसरी एक पछि अर्को तरकारी पशलमा भाउ चाहारीरहेको थिएं, मजस्तै दर्जनौं गृहिणिहरु यसरीनै पशलै पिच्छे तरकारीको भाउ सोध्दै हिडिरहेका देखिन्थे ।

खासमा जति पशल चाहरेपनि भाउ उस्तै छ । भाउमा बजारभरी एकरुपता छ । किसानबाट त तरकारी अलिक सस्तोमा ल्याउछन् होला, तर विचौलियाहरुको मुनाफा भाग लगाउदा लगाउदै जांदा लास्टमा सेकिने त हाम्रो भान्सा नै हो ।

हो मेरा वा ९२ बर्षको उमेरमा वित्नु भो । उहा रहुन्जेल हामीले कहिल्यै खुर्सानी बजारबाट किनेनौं । एउटा अकवरी खुर्सानी र अरु दुइ वोट लामा खुर्सानीले हाम्रो परीवारलाइ बर्षभरी पुग्थ्यो । तर मेरा ६ कठ्ठा जग्गा हुदा पनि बर्षभरी खुर्सानी किन्ने आदत बसेको छ ।

वारी बाझै छ, तर खुर्सानीकालागी सधै बजार धाउने अभ्यास म मा अर्थात हामी सवैमा विकाश भएको छ । हाम्रा वाका पालामा प्युठानबाट खुर्सानी कोइलाबास नाका हुदै भारत पु¥याइन्थ्यो, उतावाट नुन ल्याइन्थ्यो । तर अहिले हाम्रा भन्सामा भारतीय तरकारीको संप्रभुत्व बढेको छ ।

दुइ वोट खुर्सानी बर्षमा दुइ सिजन फल्दा करीव करीव सधै हरीयो खुर्सानी घरकै उत्पादनले पुग्थ्यो । मुलाको सिन्कीले एक दुइ महिना पुग्थ्यो, तोरीको सुकासागले एक दुइ महिना गुज्रन्थ्यो ।

त्यसपछिको सिजनमा वारीमै हरीयो तरकारीले पुग्थ्यो । तर तरकारी फलाउने ती बाझा जमिनले हामीलाइ सरापीरहेका छन् ।

रामकुमारी झांक्रिले भनेजस्तै नेपालमा चाविस लाख युवा काम नगरी बसेका छन् । हो, मलाइ पनि त्यस्तै लाग्छ, किनकि म जस्ता धेरैले जग्गा बाझो राखेर बजारमा खुर्सानी किन्न जान्छौं । आलु, काउली, वोडि, सिमि सवथोक किन्ने वानीमा हामी रमाइरहेका छौं ।

वेसार समेत आयात हुन थालेको छ । किन हो कुन्नी हामीले आफु वेकाम बसेर सधै सरकारलाइ दोस दिइरहनुमा हामी रमाइरहेका छौं । दिनभरी फेसबुकमा स्ट्याटस लेख्न भ्याउनेले एक वोट खुर्सानी रोपेर त्यसलाइ मलजल गर्न हामी तयार छैनौं ।

‘पर्व नजिकिएर होला सायद बजारमा दैनिक उपभोग्य सामाग्रिको यति चर्को भाउ’, संगै तरकारी किन्न गएकि तुलसीपुर उपमहानगरपालिका—१८ मनिकापुरकि गृहिणि विमला केसीले भन्दै दिइन् । तर खासमा मलाइ यसमा विश्वास छैन ।

पर्वका नाममा हामीले धेरै खुर्सानी उपभोग गर्ने होइन नी? उनको उत्तर थियो, त्यसो त हो दाइ । उनले कारण पनि खोतलीन, सायद जुन वेला हामीले सयको चार किलो टमाटर किन्थ्यौं, र पनि टमाटर किसानले टमाटर नविकेर बारीमै सडाउथे, त्यो वेला ठाउठाउमा कोल्ट स्टोरेज भैदिएको भए अहिले यतिको चर्को भाउ हामीले खेप्नुपर्ने थिएन होला ।

हो विमलाको तर्क पनि एक हिसावले सहि हो । तर हामी खासमा अल्छी भैदिंदा वास्तवमा हाम्रो मान्सा यति धेरै महंगो भएको हो ।

त्यसो त आफ्नो परीवारलाइ तरकारी घरमै फलाउने पौरखि गृहिणिहरु पनि मैले देखेको छु । काठमाण्डौको किर्तिपुरमा मेरा दाजुको चार आना जग्गामा बनेको एउटा तीन तले घर छ । घरको छतैभरी जहिले पनि लटरम्म तरकारी फलेका देखिन्छन् ।

एउटा गमलामा धनिया, अर्को गमलामा खुर्सानी, फुटेको प्लाष्टिकको बाल्टिनमा माटो भरी बनाएर लौका समेत रोपिएको छ । धेरै नफल्ला तर त्यहि एउटा गमलामा फलेको खुर्सानीले मेरी भाउजु बसुन्धराले कम्तिमा ९ महिना गुजार्छिन् ।

त्यहि एउटा गमलामा बर्षमा चार सिजन धनिया रोपिन्छ, त्यसैले हरीयो धनियाको आपुर्ति पुरा भएको छ । भाउजु त उदाहरण मात्रै हुन्, अचेल शहर बजारमा तरकारीको भाउ छोइ नसक्नु हुन थालेपछि त्यताका गृहिणिहरु जग्गा नभएपनि घरको छतमा तरकारी फलाउने अभ्यास निकै बढि देखिन्छ ।

अहिले राजधानीका घरहरुमा हेर्ने हो भने सवैका घरका छतमा कुनै न कुनै जातको तरकारी फलेको मैले स्वयम देखेको छु । तर हामी आफ्नै खालि जग्गा हुदा पनि तरकारी किन्न तुलसीपुर धाउनु पर्ने? मैले आफैले आफैलाइ धिक्कारी रहें । मैले निधो गरेंकि मैले यो बर्ष कम्तिमा चार बोट खुर्सानीलाइ गतिलो स्याहार गरी हुर्काउने छु । खुर्सानी किन्न कहिल्यै बजार आउने छैन ।

यति भनिरहनुमा मलाइ एक जना नेपाल प्रहरीका डिआइजि कुवेरसिंह कडायतले पनि अघिल्लो दिन हौस्याएका थिए । मेरो पुरानो घर पश्चिम पहाडी जिल्ला हो, तर अहिले बजारमा घर छ ।

घरकै छतमा मैले पांच वडा ड्रागन फ्रुट हुर्काएर फलाइसकेको छु, प्लाष्टिकको बाल्टिनमा । गरेपछि हुदोरहेछ भन्ने मलाइ लाग्छ । यो उनको सुझावलाइ म जस्तै सवै नेपालीले आत्मसात गर्ने हो भने सायद हाम्रो भान्सा यति महंगो हुन्थेन की……..।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *