कञ्चनपुर,असोज १३ । कञ्चनपुर —कञ्चनपुरको लालझाडी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शनिबार राति उखुबारीमा आएका हात्ती धपाउने क्रममा लालझाडी गाउँपालिका-४ डाँडाजाँईका ५० वर्षीय रामदल रानाको मृत्यु भएको हो ।
सब-डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवका अनुसार रातिको समयमा उखुबारीमा आएका हात्ती धपाउने क्रममा रानामाथि आक्रमण भएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट धेरै हात्तीहरू बस्तीमा पसेका थिए ।
प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
