दाङ, भदौ ३१ । बाँकेमा एक आँगनमा खेली रहेकी एक बालिका बेपत्ता भएपछि बाघले लगेको आशंका गरिएको छ ।
जिल्लाको खजुरा गाउँपालिका – ६ सिमलघारीको वीरेन्द्र पुनकी करिब ३ वर्षीया छोरी लक्ष्मी पुन आइतबार बेलुकी आठ बजेतिर बेपत्ता भएकी थिइन ।
आँगनमा खेली रहेकी उनलाई बाघले लगेको हुन सक्ने आशंका भइ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
आँगनमा खेली रहेकी लक्ष्मी बेत्तपा भएपछि आफन्तले प्रहरीलार्य राति दश बजे खबर गरेको प्रहरीले जानकारी दिएको छ ।
बालिकाको खोजीको लागि प्रहरी परिचालन भएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
