२०८३ असोज ७ गते बुधवार

सुदूरपश्चिममा मुख्यमन्त्री नाउपालाई दिने सहमति


काठमाडौं, बैशाख २ । नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सत्ता घटक दलहरुका बीचमा सहमति भएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिम मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति भएको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलबाट त्यस्तो सहमति भएको थियो ।

यो निर्णय संगै आइतबार नै नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्ने तयारी गरेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन चाहिन्छ ।

सत्ता गठबन्धन घटक दलमध्ये माओवादी केन्द्रसँग सभामुखसहित ११, नेकपा (एमाले)सँग उपसभामुखसहित १०, नाउपासँग सात, एकीकृत समाजवादीसँग चार सांसद छन । स्वतन्त्र सांसद तारा जोशी हालसम्म अर्नित छन ।
नाउपा भित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक तथा श्रेष्ठका श्रीमान रेशम चौधरीका बीचमा सरकारमा जाने नजाने बिषयमा बिबाद चल्दै आएको छ ।

सहमति अनुसार सुरुमा नागरिक उन्मुक्ति पार्टी र दुई वर्षपछि एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *