
दाङ, जेठ १५ । दाङको गढवामा एक बालिकामाथि अपरहण पछि बलात्कार भएको छ । गढवा गाउँपालिका वडा नं. ६ निवासी १५ बर्षीया बालिकामाथि चैत २६ गते अपहरण पछि बलात्कार भएको प्रहरीले बताएको छ । गढवा ६ निवासी ३२ बर्षीय कृपाराम यादवले विभिन्न प्रलोभन देखाउँदै लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गत चैत २६ गते साँझ साढे ८ बजे अपहरण गरि बलात्कार गरेको पीडित बालिकाबो बुवा नाता पर्ने व्यक्तिले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले प्रलोभनमा पारि अपहरण सैलीमा विवाह गर्छु भनि लगेर यादवले बलात्कार गरेको पीडितको जाहेरमा उल्लेख रहेको जानकारी दिए । बालिकालाई ललाई फकाई गर्न स्थानीय ६८ बर्षीय राम सुन्दर यादव, ३६ बर्षीय मोहन यादव, २६ बर्षीय धर्मराज यादव र गढवा ५ बाँकी निवासी ३० बर्षीय अंगतकुरमा यादवको समेत संलग्नता रहेको पीडितको जाहेरीमा उल्लेख छ ।
जाहेरीका आधारमा पक्राउ परेकाहरु मध्य दाङ देउखुरी जिल्ला अदालतको जेठ १३ गतेको आदेशले राम सुन्दर यादवलाई ५० हजार र धर्मराज यादवलाई २० हजार धरौटीमा छुटेका छन् । त्यसैगरी अदालतको आदेश अनुसार अंगतकुरमा यादव र मोहन यादव साधारण तारेखमा छुटेका छन् । मुख्य अभियुक्त मानिएका कृपाराम यादव भने अझैं थुनामा छन् । उनको बारेमा फैसला आउन बाँकी नै छ ।
