
काठमाडौं, वैशाख १९ । पेट्रोल र डिजेल/मटितेलको मूल्य नेपाल आयल निगमले बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको मुल्य भने बढेको छैन ।
नेपाल आयल निगमले बढाएको मूल्य अनुसार पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढेको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ बढेको छ । यो मुल्य आज शुक्रबार राती १२ बजेबाट बढेको नया मुल्य लागु हुनेछ ।
नयाँ मूल्य अनुसार अब देखि पेट्रोल १११ रुपैयाँ ५० पैसा हुनेछ भने डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए ।
प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार