२०८३ बैशाख १५ गते मङ्गलवार

कोशी सरकारविरुद्धको रिटमा शुक्रबार निर्धारित सुनुवाइ स्थगित

काठमाडौँ,भदौ १५ । कोशी सरकारविरुद्धको रिटमा शुक्रबार निर्धारित सुनुवाइ स्थगित भएको छ। आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो।

उक्त रिट इजालस नम्बर एक को ग पेशी तोकिएको थियो। तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि आजको लागि तोकिएको सुनुवाइ नै स्थगित भएको हो।

प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका स्रोतले जनाएको छ। यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो।

त्यसअघि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा थिए। उक्त कार्य असंवैधानिक भएको भन्दै कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *