२०८३ मङ्सिर १४ गते आइतवार

पुर्व केन्द्रीय सदस्य न्यौपानेको निधनमा कांग्रेसले शोक मनाउँदै

काठमाडौं,भदौ १ । कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गर्दै शोक मनाउने घोषणा गरेको छ।

न्यौपानेको निधनमा सम्मान व्यक्त गर्दै भदौ १ देखि ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने भएको छ।

यस्तै भाद्र ३ गते आइतबार केन्द्र र जिल्लाका कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने तय भएको कांग्रेस पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जानकारी दिएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य, वरिष्ठ अधिवक्ता एवं समाजसेवी न्यौपानेको ७२ वर्षको उमेरमा शुक्रबार बिहान ७ बजे काठमाडौंको मध्यवानेश्वर स्थित आफ्नै निवासमा निधन भएको हो।

न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको विज्ञप्तीमा उल्लेख छ।

उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *