तुलसीपुर,बैशाख २१ । शुक्रवार दाङका सबै शैक्षिक कन्सल्टेन्सीहरु बन्द हुने भएका छन ।
पश्चिम नेपाल शैक्षिक परामर्श संगठनले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै संस्थाका सदस्य स्व.महेश विकको अमुल्य योगदानको कदर गर्दै उनको सम्झनामा जिल्लाका सबै शैक्षिक कन्सल्टेन्सीहरु बन्द गर्ने जनाएको छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ घर भइ तुलसीपुरमा जापनिज भाषा पढाउँदै आएका २८ बर्षीय महेश बिकको बुधबार बेलुकी करेन्ट लागेर मृत्यु भएको थियो ।
‘ विकको अकस्मात भएको दुःखद निधनले संस्थालाई ठुलो क्षती पुगेकोे छ,विज्ञप्तीमा भनिएको छ,‘ यस कठिन घडीमा हामी उनको परिवार र साथीहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं,यस क्षेत्रको शिक्षा क्षेत्रमा उहाँले पु¥याएको योगदान सदैव स्मरणीय रहनेछ ।’
संस्थाका सचिब शौरब शर्मा (दाहाल)का अनुसार स्व.बिक शैक्षिक परामर्शदाता संस्था क्योदाई बहुउद्देश्यीय कन्सल्टेन्सी,तुलसीपुर शाखाका संस्थापक थिए भने पश्चिम नेपाल शैक्षिक परामर्श संस्थाका सक्रिय सदस्य थिए ।

