दाङ,चैत ३० । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे सर्वसम्मतिबाट चयन भएका छन्।
एमालेका युवा नेता रविन्द्र लम्सालका अनुसार निवर्तमान महासचिव थेवेलाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरिएको हो।
निवर्तमान उपाध्यक्ष सन्तोष रावलले पनि अध्यक्षमा दावी गरेपछि युवा संघको महाधिवेशन लम्बिएको थियो। रावललाई पार्टीले उचित जिम्मेवारी दिने सहमति भएको छ।
सुमन पुरी महासचिव भएका छन्। महासचिवमा अञ्जना अधिकारीको पनि दावी थियो। निरन्तरको छलफल र वार्तापछि सबै पदमा सर्वसम्मत गरिएको छ।
चैत्र २७ गतेदेखि नेपालगञ्जमा चलेको युवा संघको नवौँ महाधिवेशन तीन दिनमा सक्ने भनेपनि सबै पदमा आकांक्षी धेरै देखिएपछि लम्बिएको थियो।
ढिलो गरी सबै पदमा सर्वसम्मत गरिएको छ। पत्रकार सम्मेलन गरेर निर्णयहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।
प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार