२०८३ बैशाख १७ गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड र एमाले केन्द्रीय सचिव लेखराज भट्टबीच भेटघाट

काठमाडौँ,चैत २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गरेका छन ।

कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहको लागि त्यहाँ पुगेएका प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टसँग भेटघाट गरेका हुन ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भैहाल्यो ।’

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *