२०८३ बैशाख १६ गते बुधवार

विदेशबाट ऋण ल्याएको हरेक हिसाब आजसम्मका प्रधानमन्त्रीले बुझाउनुपर्छ ः ज्ञानेद्र शाही

काठमाडौँ,चैत २३ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन्। कहीं पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उनको भनाइ छ।

सांसद शाहीले भने, ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने, यहाँ हरेक दिन बेरोजगारी बढेको बढ्यै छ। त्यो पैसा कहाँ गयो? यो पैसाको एक-एक हिसाब किताब अहिलेका प्रधानमन्त्रीहरूले र आजसम्म भएका प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्छ। विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो?पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो। म आग्रह गर्न चाहन्छु- प्रदेश एउटा पहिचानका लागि चाहिन्छ। एउटा देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्न चाहिन्छ। तर, आज देशमा संघीयता कार्यकर्ता भर्ती गर्नका लागि भयो। कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो।’

उनले विदेशबाट ऋण ल्याएर देश चलाउन नसकिने पनि बताए।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *