काठमाडौँ,चैत २३ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ।
साथै आज नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन समय दिने र त्यसपछिको समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गरिनेछ।
उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुँदैछ।
चितवन-२ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
यस्तै, बारा-२ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
यसैगरी, तनहुँ-१ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।