२०८३ बैशाख १९ गते शनिवार

रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवारहरु टुँगो लगायो


काठमाडौं, चैत १८ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन लड्ने तीनै जना उम्मेदवारहरू टुँगो लगाएको छ ।

पार्टी कार्यालय बसुन्धारामा शनिबार पत्रकार सम्मेलन मार्फत उस्ले उम्मेदवार टुँगो लगाएको कुरा जानकारी दिएको हो ।


जस अनुसार पार्टी सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २, अर्थशास्त्री स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र पूर्व डिआइजी रमेश खरेल बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनाइएको जानकारी दिइएको छ ।

यसअघि गत मंसिर ४ को भएको निर्वाचनमा चितवन २ बाट सभापति लामिछाने निर्वाचित भइ गृहमन्त्रीसमेत भएका थिए । तर, सर्वौच्च अदालतले उनको नागरिकता खारेज गरिदिएपछि गृहमन्त्रीको पद पद गुमाउन पुगेका थिए ।

त्यस्तै मंसिरको चुनावमा खरेल काठमाडौं १ मा पराजित गरेका थिए । नेपाल सुशासन पार्टीको अध्यक्ष खरेल स्वएंम थिए ।
त्यस्तै नेपाली कांग्रेसमा क्रियासिल वाग्ले टिकट पाएपछि चैत १६ गते रास्वपामा पार्टी प्रबेश गरेका थिए ।
वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेको हो ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *