काठमाडौँ,चैत ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ।
बैठक आज मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विविध विषयमा छलफल हुने प्रवक्ता मनिस सुमनले जानकारी दिए।
जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार