२०८३ बैशाख १६ गते बुधवार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश

काठमाडौँ ,चैत ५ । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गरेकी हुन्। यो विधेयक दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको हो।

मन्त्री शर्माले सङ्क्रमणकालीन न्याय प्रक्रिया ढिलाइ भएको हुनाले छिटोभन्दा छिटो विषयलाई टुङ्ग्याउनका लागि संसद्मा विधेयक पेश गरिएको बताइन्।

विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइने उल्लेख विधेयक भएको उनको भनाइ थियो।

 

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *