२०८३ बैशाख १६ गते बुधवार

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

बागमती,चैत २ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् ।

राप्रपाले फागनु १३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री जम्मकट्टेलले फागुन ८ मा विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्री जम्मकट्टेलले गरेका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेशसभामा विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई पत्र लेखेका छन् ।

२५ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका थिए ।सरकारलाई नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले समर्थन गरे पनि मुख्यमन्त्री जम्मकट्टेलले सरकारमा सहभागी भने गराएका थिएनन् । जम्मकट्टेलले यसअघि ३ माघमा विश्वासको मत लिएका थिए ।

उनलाई यसअघि १ सय १० सदस्यीय प्रदेशसभा बैठकमा उपस्थितमध्ये १०५ सांसदले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टीका तीन सांसदले विपक्षमा मत हालेका थिए । एक जना सांसद भने अनुपस्थित भएका थिए ।

मुख्यमन्त्री जम्मकट्टेललाई सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी तथा प्रतिपक्षमा रहेको कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *