२०८३ बैशाख १६ गते बुधवार

सुनको मूल्य स्थिर

काठमाडौं, चैत १ । साताको चौँथो कारोबार दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ।

केहीदिन यता लगातार बढिरहेको सुनको भाउ आज चैत १ गते बुधबार भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ कायम छ।

यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ। बुधबार चाँदीको भाउ १३ सय रुपैयाँ कायम रहेको छ। यसअघि मंगलबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको थियो।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *