काठमाडौँ,फागुन ३ । राप्रपाका सांसद् ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले देशमा लुटतन्त्र हाबी भएको भन्दै तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका हुन्।
उनले प्रश्न गरे, यो देशमा नेपाल सरकारको गृहमन्त्रालयको संयन्त्र छ तर गृहमन्त्री किन खाली ? उनले सबै मन्त्रालय प्रधानमन्त्रीले राखेकोप्रति पनि आक्रोश व्यक्त गरेका छन्।
‘प्रधानमन्त्री नै सबै मन्त्रालयका हुने भए अरु मन्त्रालय किन बनाएकोरु सबै मन्त्रलाय प्रधानमन्त्रीलाई दिएर अरु खाली गरे भइहाल्यो नि’ उनले भने।
उनले देशमा लुटतन्त्र हाबी भएको बताएका छन्।
‘प्रम निवासको नजिकै लुटपाट हुन्छ, करोडौं लगानी गरेको व्यवसायी दिनदहाडै लुटपाटमा पर्छन्। देशमा लुटतन्त्र हाबी भएको छ। लोकतन्त्रको नाम लुटपाट गर्न पाइदैन ‘उनले भने,’ तत्काल गृहमन्त्री नियुक्त गरियोस्।’