२०८३ बैशाख १९ गते शनिवार

पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बन नगर्ने नियमावली मस्यौदा समितिमा सहमति

काठमाडौँ ,माघ २७ । फौजदारी अपराधको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ।

शुक्रबार बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा सहमति जुटेको हो।

कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी (नेकपा एस) को विरोधका बीच सांसदको सेवा सुविधा स्थगित गरी पद कायम रहनेमा सहमति जुटेको हो । राप्रपा र जसपालगायतका मधेसवादी दलहरू भने कसुर पुष्टि नभएसम्म सांसद पद निलम्बन गर्न नहुने अडानमा रहेका थिए।

कांग्रेस, माओवादी र नेकपा एसका सांसदले निलम्बनको व्यवस्था नराख्ने हो भने सांसदलाई कानुन लाग्दैन, सर्वसाधारणलाई मात्रै लाग्छ भन्ने सन्देश जाने बताएका थिए।

मस्यौदामा जुटेको सहमतिअनुसार नियमावाली संसदबाट पारित भएमा पुर्पक्ष थुनामा गएका सांसदहरूले पनि संसदको लोगो लगाउन पाउने छन्।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *