२०८३ बैशाख ३ गते बिहिवार

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ,साउन १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपतिले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

संसदका दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *