२०८३ बैशाख ४ गते शुक्रवार

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,साउन ४ । थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा परीक्षण भएका ३९८१ नमूनामध्ये ३९१ नमूना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५६२ नमूनाको पीसीआर र १४१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोनाबाट कसैको पनि मुत्यु नभएको मन्त्रालयले जनाएको छ।

बुधबार थप ४६ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना संक्रिय संक्रमितको संख्या २२७६ रहेको छ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *