२०८३ बैशाख १२ गते शनिवार

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क

दाङ,साउन १ । आजदेखि लुम्बिनी प्रदेश अन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

यो घोषणा आजदेखि कार्यान्वयनमा आउन लागेको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिए ।

ओपीडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी आजदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निस्शुल्क हुने भएको छ ।

रगत निस्शुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सरकारले बजेटमा निस्शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *