काठमाडौँ,असार ८ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र पारेका छन्।
नेकपा एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेको अवस्थामा आफू मन्त्रीबाट बाहिरिने भएपछि उनी एमाले फर्किनको लागि आन्तरिक रूपमा कसरत बढाएका छन्।
गत वर्ष असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा तत्कालीन एमालेको माधव नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका आले पुनस् एमालेमा फर्किन लागेका हुन्।
भदौ ३ गतेको पार्टी विभाजनमा एकीकृत समाजवादीतर्फ लागेका उनले एमाले फर्कन प्रत्यक्षरअप्रत्यक्ष रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाएका छन्।
प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
