२०८३ जेष्ठ ३१ गते आइतवार

२४ घण्टामा ३४ जनामा कोरोना पुष्टि

काठमाण्डौ,असार ३ । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

अहिले नेपालमा एक सय चार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार तीन सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *