२०८३ भाद्र ११ गते बिहिवार

हुम्ला जिससमा गठबन्धन ः प्रमुखमा समाजवादी र उपप्रमुखमा माओवादी

हुम्ला,असार ३ । हुम्लामा जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने सहमति गरेका छन् ।

शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेको प्रदेशस्तरीय संयन्त्रले गठबन्धन गरेर जाने निर्णय गरेको हो ।

बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा एकीकृत समाजवादी तथा उपप्रमुखमा माओवादी केन्द्रलाई दिने निर्णय भएको छ ।

नेकपा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले दिएको जानकारीअनुसार माओवादी केन्द्रको भागमा उपप्रमुखसहित एक खुल्ला सदस्य, एक दलित सदस्य, दुई महिला सदस्य तथा काँग्रेसको भागमा दुई खुला सदस्य र दुई महिला सदस्य परेको छ ।

बैठकमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पनि सहभागि बनेका थिए ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *