तुलसीपुर, असार २ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३, (संघ, प्रदेश र नगर) समितिले आफुलाइ स्वतन्त्र कांग्रेसको नामाकरण गरी नेपाली कांग्रेस पार्टिलाइ खलल पु¥याउनेहरुका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तो समुहका नाममा पार्टिप्रति आस्थावान सर्वसाधारण कार्यकर्ताहरुलाइ भड्काउने काम गरेको नेपाली कांग्रेस क्षेत्र नं ३ ले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानिय निर्वाचन २०७९ अगाडिनै नेपाली कांग्रेस परीत्याग गरी नेका दाङ क्षेत्र नं ३ मा नेका क्रियाशिल सदस्यबाट संयुक्त राजीनामा दिएकाहरुलाइ पार्टिले छलफलका लागी बोलाउंदा पनि वेवास्ता गरी पार्टिलाइ चुनौति दिएकोमा केहि नेता कार्यकर्ताहरुको राजीनामा स्वीकृत गरीएको पनि विज्ञप्तीमा जनाइएको छ ।
पार्टिबाट राजिनामा दिएका र पार्टिको कारवाहिमा सिफारीसमा परेका त्यस्ता व्यक्ति वा समुहको पछाडि नलाग्न पनि विज्ञप्तीमा अनुरोध गरिएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत खड्का, प्रदेश ३(क)का सभापति देवेन्द्र रिजाल, प्रदेश ३(ख)का सभापति खिम वहादुर वली र तुलसीपुर उपमहानगरसभापति शुरेश हमालले बुधवार एक संयुक्त विज्ञप्ती जारी गर्दै पार्टिमा कुनै असन्तुष्टि भएमा छलफलका लागी पनि आह्वान गरेका छन् ।