दाङ,बैशाख ३१ । घोराही उपमहानगरपालिकामा गठबन्धन दलका साझा उम्मेदवारहरुको अग्रता कायमै छ ।
८१६ मतगणना गन्दाको प्रारम्भीक नतिजा अनुसार गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ । घोराहीमा गठबन्धन दलबाट नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) ३७८ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका यसअघिका मेयर तथा पोलिटब्यूरो सदस्य नरुलाल चौधरीले २८४ मत प्राप्त गरेका छन् ।
त्यस्तै गठबन्धनबाट उपमेयरमा नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगीले ३९२ र एमालेकी उपमेयरकी उम्मेदवार हुमा डिसीले २७३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै राप्रपाका मेयर सरिता देवकोटाले ४८ र उपमेयर विभु बुढाथोकीले ३८ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार