तस्विर ः फरककोण ।
दाङ, बैशाख ३१ । दाङको शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले सुरुवावाती अग्रता लिएका छन् ।
४१२ मत गणना हुँदा गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसका उम्मेदवार प्रमोद बस्नेतले –१६० मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा प्रेमाकुमारी बुढाथोकीले – १५६ मत पाप्त गरेकी छन् ।
त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका मोहनलाल वलीले ११८ र उपाध्यक्षमा राधिका परियारले –११७ मत प्राप्त गरेकी छन ।
गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका बिष्णु केसी तेस्रो स्थानमा छन् । उनले – ८९ मत प्राप्त गर्दा उपाध्यक्षमा एमालेकी कमला भण्डारीले – ८८ मत प्राप्त गरेकी छन ।
यो गाउँपालिका अन्तरगत वडा नं.१ को वडाध्यक्ष पदमा माओबादी केन्द्रका जंगबहादुर पुन–११९, नेपाली काँग्रेसका दुर्गा घर्ती –११२, स्वतन्त्र उम्मेदवार धारा चुनाब चिन्हकी हिराबहादुर वली –७६ र नेकपा एमालेका उम्मेदवारले ७४ मत प्राप्त गरेका छन् ।